FAQs Complain Problems

भूगोल पार्क - कटारी

Read More

मिति २०७९/०२/१६ गते नव-निर्वाचित जनप्रतिनिधि ज्यूहरुको पदभार तथा सपथ ग्रहण कार्यक्रम l

Read More

कटारी नगरपालिका - कर्मचारी परिवार

Read More

नव-निर्वाचित जनप्रतिनिधि ज्यूहरु, २०७९ l

Read More

परिचय

कटारी नगरपालिका नेपालको प्रदेश नं. १ को पश्चिम दक्षिण दिसामा अवस्थित छ । विश्वको उच्च शिखर सगरमाथा र हलेसी माहादेवको प्रवेश द्वार मानिने यस नगरपालिकाको पूर्व तिर उदयपुर जिल्लाको उदयपुरगढी गाँउपालिका र ताप्ली गाँउपालिका, पश्चिममा सिन्धुली जिल्लाको दुधौली नगरपालिका र फिक्कल गाउँपालिका, उत्तरमा ओखलढुङ्गा जिल्लाको मानेभञ्जाङ्ग गाँउपालिका र खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ्ग नगरपालिका तथा दक्षिणमा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका, सिरहा जिल्लाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र धनगडी नगरपलिका रहेको छ । यस नगरपालिका महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खला बीच रहेकोले महाभारत श्रृङ्खला अन्तर्गत धारीला, विकट, डाँडाहरु बीच छरिएका र पातलिएका बस्तीहरु छन् । यस नगरपालिकालाई महाभारत फेदी देखि चुरे श्रृङ्खलाको बीचमा दुई वटा ठूला–ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस नगरपालिकालाई भित्री मदेशको रुपमा गणना गरिन्छ ।२०७१ सालमा कटारी नगरपालिका घोषणा गर्दा कटारी गा.वि.स. र त्रिवेणी गा.वि.स. समावेश गरिएको थियो र २०७३ सालमा आएर रिस्कु गा.वि.स., सिरिसे गा.वि.स. लिम्पटार गा.वि.स. सोरुङ्गछविसे गा.वि.स. हर्देनी गा.वि.स., मयांखु गा.वि.स. र लेखानी गा.वि.स. समावेश गरिएको छ । यस कटारी नगरपालिको कुल क्षेत्रफल ४२४.९ वर्ग किलोमिटर र रहेको छ भने यस नगरलाई १४ वटा वडामा विभाजन गरिएको छ । उदयपुर जिल्लाको पश्चिम उपत्यका भित्र रहेको मदन भण्डारी सडक र सिद्धिचरण राजमार्गले छोएको यस नगरपालिकाको केन्द्र कटारी बजारमा रहेको छ । यस क्षेत्रको तापमान गर्मीमा ३५ देखि ४० डिग्री सेल्सियस सम्म पुग्छ भन्ने जाडो मौसममा २० देखि २५ डिग्री सेल्सियस सम्म पुग्दछ ।

यस नगरपालिकको प्रमुख जाती बाहुन, क्षेत्री, मगर, थारु, तामाङ्ग, नेवार, मुसलमान, कामी, राई, गुरुङ्ग, बादी, दुलो, सार्की, तिल, सन्यासी, दशमी, मुसहर, कुत, भूर्ती, भुजुल, सुधी, हलुवाई, दास,चौधरी, साह, लिम्बु, ठकुरी, भुजेल, मल्लहा, हजाम, दनुवार, राजवंशी, राजपूत, थामी आदी मुख्य जातीको समुदाय रहेको छ ।

यहाँका मानिसहरुको आय आर्जनको मुख्य स्रोतको रुपमा खेतीपाति तथा पशुपालन व्यवसाय भएतापनि हाल नोकरी, व्यापार–व्यवसाय, साना तथा घरेलु उद्योग, सरकारी सेवाका साथै अन्य पेशामा संलग्न रहेका छन् । चुनढुँगाको खानी प्रचुर मात्रामा रहेको यस पालिकाका विभिन्न स्थानबाट चुनढुँगा सिमेण्ट उद्योगमा निर्यात भएबाट पनि यस क्षेत्रका मानिसहरु उद्योग व्यावसायमा संलग्न भएको प्रष्ट हुन्छ ।यस क्षेत्रमा धान, मकै, गहुँ प्रमुख खेती हो भने यस नगरपालिकाको पहाडी पूर्वी भेगमा आँप, कटहर, भुई कटहर तथा दक्षिण तर्फको पहाडी भेगमा अमिलो जातको फलफूल सुन्तला, कागती, ज्यामीर, जुनार, नास्पाती, निबुवा तथा अदुवाको व्यवसायीक खेती गरिन्छ ।

कटारी नगरपालिकाको महाभारत क्षेत्रमा रहेका विभिन्न वडाहरुमा चौकीभन्जाङ,  सिरिसे भञ्ज्याङ्ग, राउतखर्क, वेतिनी, गहुँबारी, चुलाथुम हुदै लेखानीको रमाइलो डाँडाहरुमा पर्यटकीय क्षेत्रहरु रहको छ । कटारी नगरपालिकाको वडा नं.११ को बेतिनीबाट तराईको समतल हरियाली फाँट देखि लिएर उत्तर तर्फको हिमाल र प्रकृतिक  दृश्यको अवलोकन गर्न सकिन्छ ।

यस नगरपालिका अन्तर्गत अस्पताल सहित स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाई, गाँउघर क्लिनिक र यस नगरबाट संचालित नगर स्वास्थ्य संचालनमा रहेको छ भने यस नगरपालिका अन्तरगत विभिन्न तहका विद्यालय र मानविकी संकायको क्याम्पस सञ्चालनमा रहेको छ र हाल यस पालिकामा वन विज्ञान संकायको स्नातक तहको पठनपाठन सुरु समेत गरेको छ । भौगोलीक तथा विविधताले भरिपूर्ण यस कटारी नगरपालिका उदयपुर जिल्लाकै सुन्दर र रमणिय छ ।

कटारी नगरपालिकाको वडागत जनसंख्या, २०७८ तथा नगरपालिकाको क्षेत्रफल

वडा नं.

जम्मा घर संख्या

पुरुष

महिला

जम्मा

क्षेत्रफल(वर्ग कि.मी.)

1

1550

2194

2219

4413

70.13

2

1863

2495

2645

5140

21.43

3

1579

3325

3463

6788

18.24

4

2641

5152

5559

10711

15.49

5

3085

4065

4186

8251

43.19

6

1273

1573

1840

3413

33.68

7

1697

2195

2316

4511

35.78

8

1317

2279

2308

4587

43.41

9

819

1160

1153

2313

20.77

10

1515

1801

1722

3523

34.88

11

617

953

970

1923

15.45

12

860

1032

947

1979

17.73

13

699

960

978

1938

23.67

14

725

1419

1281

2700

31.05

जम्मा

20,240

30,603

31,587

62,190

424.90

 

Pages

सूचना तथा समाचार

आ.व.२०७९/८० को पौष मसान्त सम्मको क्षेत्रगत वजेट तथा खर्च
आ.व.२०७९/८० को क्षेत्रगत वजेट(प्रतिशतमा)
आ.व.२०७९/८० को पौष मसान्त सम्मको श्रोतगत वजेट तथा खर्च
आ.व.२०७९/८० को श्रोतगत वजेट (प्रतिशतमा)
आ.व.२०७९/८० को पौष मसान्त सम्मको क्षेत्रगत वजेट तथा खर्च

पदाधिकारी

नगर प्रमुख

राजेश चन्द्र श्रेष्ठ
kmunmayor@gmail.com
9852845900

उप– प्रमुख

गीता खड्का
kmundeputymayor@gmail.com
9852845915

प्रमुख प्रशासकीय अधिकृत

अनिल किराती
kirateeanil@gmail.com, cao@katarimun.gov.np

सूचना तथा गुनासो सुन्ने अधिकारी

मोहन बहादुर पाैडेल

इमेलः io@katarimun.gov.np
सम्पर्क: 9852836039

 

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा प्रमुख
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र (६० वर्ष उमेर पूरा भएको हुनपर्ने)
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. पासपोर्ट साईजको २ प्रति फोटो
४. सम्बन्धित वडा कार्यालयको सिफारिस
५. स्थायी बसोबास खुलेको प्रमाण
६. अन्य आवश्यक कागज प्रमाणहरू

सेवा प्रकारः-
सेवा समयः- नगर समन्वय समितिको निर्णय भएको ३ दिन भित्र
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा प्रमुख
सेवा दिने कार्यालयः- महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
३. सम्बन्धित वडा कार्यालयको सिफारिस
४. स्थायी बसोबास खुलेको प्रमाण
५. सम्बन्धित चिकित्सकको सिफारिस
६. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
७. पासपोर्ट साईजको फोटो -२ प्रति
८. अपाङ्गता देखिने फोटो -१ प्रति (सम्भव भए सम्म)
९. नगर समन्वय समितिको निर्णय
१०. अन्य आवश्यक कागज प्रमाणहरू

सेवा प्रकारः-
सेवा समयः- सोही दिन (नगर समन्वय समितिको निर्णय आवश्यक भए निर्णय भएको ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा प्रमुख
सेवा दिने कार्यालयः- महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. परिचय पत्र हराई, नासिई वा बिग्रिई परिचयपत्रको प्रतिलिपि लिनु पर्ने भएमा वडाको सिफारिस
२. प्रतिलिपि लिनु पर्ने कारण खुलाइएको निवेदन पत्र
३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
४. पासपोर्ट साईजको फोटो -२ प्रति
५. पहिले प्राप्त गरेको परिचयपत्रको वर्ग परिवर्तन गर्नु पर्ने भए नगर समन्वय समितिको निर्णय अनुसार

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - प्रशासन शाखा
सेवा शुल्कः- रु. १५००
आवश्यक कागजातहरुः-

१) सम्बन्धित व्यक्तिको निवेदन
२) नागरिकताको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) घर नक्सापासको प्रतिलिपि
५) चालु आ.व. को तिरो तिरेको रसिदको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन
२) बिल भर्पाई
३) वडाको सिफारिस
४) सम्झौता पत्र र इष्टिमेट
५) उपभोक्ता समिति मार्फत भए सम्बन्धित वडा समितिको सिफारिस
६) सचिव वा निजले तोकिएको कर्मचारीको रोहवरमा उपभोक्ता समिति गठन भएको निर्णय प्रतिलिपि
७) संघ संस्थाको लागि अनुदान भए निर्धारित ढाँचाको अवधारणा र प्रस्तावना, संस्था दर्ता प्रमाणपत्र
८) सामाजिक र सार्वजनिक परीक्षण गरेको कागजात
९) अनुगमन समितिको सिफारिस
१०) प्राबिधिक मुल्यांकन

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन
२) बिल भर्पाई
३) वडाको सिफारिस
४) सम्झौता पत्र र इष्टिमेट
५) उपभोक्ता समिति मार्फत भए सम्बन्धित वडा समितिको सिफारिस
६) सचिव वा निजले तोकिएको कर्मचारीको रोहवरमा उपभोक्ता समिति गठन भएको निर्णय प्रतिलिपि
७) संघ संस्थाको लागि अनुदान भए निर्धारित ढाँचाको अवधारणा र प्रस्तावना, संस्था दर्ता प्रमाणपत्र
८) सामाजिक र सार्वजनिक परीक्षण गरेको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) सम्बन्धित वडाको काम सम्पन्न भएको सिफारिस
२) ठेक्काको भए मर्मत अबधि समाप्त भएको काम सम्पन्न भएको प्राबिधिक शाखाको प्रतिबेदन
३) ठेक्का सन्धर्भमा भए आन्तरिक राज्स्व कार्यालयको कर चुक्ता भएको प्रमाण पत्र

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) रितपुर्बक प्रमुख वा उपप्रमुखको आदेश वा निर्णय
२) सस्थाको निर्णय
३) काम सम्पन्न भएको संस्थाको निर्णय
५) भुक्तानी गरिदिने भनि सम्बन्धित सम्बन्धित वडा कार्यालयको सिफारिस
६) संस्थाको छाप र आधिकारिक  व्यक्तिको निबेदन  

Pages

जानकारी