समाचार
योजनाहरुको रकम भुक्तानी लिन पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?
- उपभोक्ता समितिको निवेदन ।
- योजना सम्पन्न भएको भनी उपभोक्ता समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपी ।
- सम्बन्धित प्राविधिकबाट तयार पारेको मूल्यांकन प्रतिवेदन र कार्यसम्पन्न प्रतिवेदन ।
- योजना सञ्चालन पूर्व, सञ्चालनको अवस्था र सम्पन्न पश्चातको फोटो ।
- सार्वजनिक परिक्षण फाराम ।
- आयोजनाको भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन ।
- अनुगमन तथा मूल्यांकन समितिको सिफारिस ।
- वडा कार्यालयको सिफारिस ।
- योजना सम्झौता तथा कार्यादेश ।
- रकम खर्च गरिएका बील भरपाईहरु ।