FAQs Complain Problems

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस वा नागरिकताको प्रतिलिपी सिफारिस प्राप्त गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन ?

  • व्यहोरा खुलेको निवेदन पत्र ।
  • आमा-बाबुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि ।
  • विवाहित महिलाको हकमा पतिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा) ।
  • विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि (विवाहितको हकमा) ।
  • बसाँईसराई भई आएको हकमा बसाँईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • दुवै कान देखिने पासपोर्ट साईजको फोटो ३ प्रति ।
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृति सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।
  • प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।