FAQs Complain Problems

दाेश्राे नगरपरिषदबाट भएका निर्णयहरु

दोश्रो नगरपरिषद्बाट भएका निर्णयहरु
निर्णय नं. १ 
कटारी नगरपालिकाको दिर्घकालिन सोच  “हाम्रो कटारी नगर,सवै मिलि वनाउँ स्वच्छ सुन्दर समुन्नत शहर” लाई आत्मसात गर्दै कटारी नगरलाई स्वच्छ सफा राख्न, फोहरमैला न्यूनिकरण गरि नगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यालाई दिगो व्यवस्थापन गर्ने अभिप्रायले सरोकारवाला संघ संस्थाहरुको सहकार्यमा मिति २०७२साल वैशाख १ गते  देखी प्लाष्टिक, झोला रहित कटारी नगर घोषणा गर्नका लागि आवश्यक प्रक्रिया बढाउने निर्णय गरियो ।
निर्णय नं. २ 
आ.व. २०७०÷७१ को अन्तिम लेखापरिक्षण प्रतिवेदन प्रस्तुत भई पारित गरियो । उक्त प्रतिवेदनमा औल्याइएका पेश्की तथा वेरुजु उपर प्रचलित कानुन बमोजिम फछ्यौटका लागि आवश्यक कारबाही नगरपालिकाले अगाडि बढाउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरियो ।
निर्णय नं. ३
स्थानिय निकाय आर्थिक प्रशासन नियमावलीको नियम २०६ र नियम २०९ बमोजिम विभिन्न समयमा पेश्की बेरुजु कायम भै लगतमा रहेका पेश्की बेरुजु मध्ये कटारी नगरपालिका वडा नं. १० वस्ने केदार वानिया ले रु १२०००।– फिर्ता गरेकोले संपरिक्षण गरी लागत कट्टा गर्ने निर्णय गरियो ।
निर्णय नं. ४
यस आ.व. २०७२÷७३ का लागि राजश्व परामर्श समितिको सुझाव सहित पेश हुन आएका अनुसुची बमोजिमका कर तथा राजश्वका दरहरुलाई स्वीकृत गर्ने निर्णय गरियो ।
निर्णय नं. ५ 
यस नगरपालिकाको स्थापना देखि २०७१ पौष २९ सम्मका वोर्ड वैठकबाट भएका नीति तथा निर्णयहरुलाई अनुमोदन गर्ने निर्णय गरियो । 
निर्णय नं. ६
यस नगरपालिकाको साधन र श्रोतबाट मात्र सम्पन्न हुन नसक्ने निम्नानुसारका योजनाहरुलाई अनुसुची “क” का केन्द्रमा तथा अनुसुची “ख” का योजनाहरुलाई जिल्लास्तरीय योजनाका रुपमा कार्यन्वयन गर्न केन्द्र तथा जिल्लामा अनुरोध गर्ने निर्णय गरियो ।
निर्णय नं. ७
यस नगरपालिकाका लागि आगामी आ.व. २०७२÷७३ को लागि आवश्यक पर्ने सरसामान खरिद प्रयोजनका लागि तयार भएको आ.व. २०७२÷७३ को वार्षिक खरिद योजना स्वीकृत गर्ने निर्णय गरियो ।
निर्णय नं. ८
स्थानिय स्वायत्त शासन ऐन नियमावली तथा नेपाल सरकार बाट जारी भएको विभिन्न कार्याविधि अनुसार यस कटारी नगरपालिकाको विद्यमान कार्याक्षेत्रमा कर्मचारी व्यवस्थापन गरी नगरपालिकाको नियमित सेवालाई सहज र प्रभावकारी वनाउनकालागि नेपालसरकारको चालु अनुदान र आन्तरिक श्रोतको प्रशासनिक श्रोतको सिमा भित्र रहने गरी देहायअनुसारको दरबन्दी स्वीकृत गर्ने निर्णय गरियो ।
   
प्रस्तावित दर्वन्दी विव?०ा
सि।न)।           दर्जा               तह                संख्या
ज्ञ    कार्यकारी अधिकृत          रा.प.तृतीय      १
द्द     सिभिल ईन्जीनिय?       छैटौ सरह         १
घ    लेखापाल                    रा्.प.अन.प्रथम    १
द्ध    स।ई।                         स.पाचौ           १
छ    ना.स.                        स.पाचौ            १
ट    खरिदार                    स.चौथौ             ३
ठ    का।स।                      श्रे०ाी विहिन      ५
ड    सवारी चालक          श्रे०ाी विहिन          १
     जम्मा                                               १४   

निर्णय नं. ९
नगरपालिकामा हाल कार्यरत जनशक्तिले मात्र नगरपालिकाको दैनिक सेवा प्रवाह एवं स्वीकृत वार्षिक योजना तथा कार्यक्रम सम्पन्न गर्न जनशक्तिको अभाव हुन गएमा औचित्यका आधारमा नगरपालिकालाई अत्यावश्यक कर्मचारी सेवा करारबाट लिने निर्णय गरियो ।
निर्णय नं. १०
यस नगरपालिकाको आ.व.२०७२÷७३ का लागि तयार गरिएको वार्षिक कार्ययोजना तथा वार्षिक कार्य तालिका (क्यालेण्डर) स्वीकृत गर्ने निर्णय गरियो ।
निर्णय नं. ११
यस नगरपालिका कार्यालयको संगठन विकास ढाँचा (इम्) गरि कर्मचारीहरुको दरबन्दी र कार्य विभाजन गर्नुपर्ने भएकाले २०७१ को चैतभित्र परामर्शदाता नियुक्त गरि संगठन बिकास  सम्बन्धि  अध्ययन गर्ने निर्णय  गरियो ।
निर्णय नं. १२
नगर क्षेत्रभित्र विगतमा निर्माण सम्पन्न भै चालु सडकहरु भत्की विग्री जिर्ण भएर मर्मत संभार गर्ने व्यवथाका  लागि नगरस्तरिय  वार्षिक सडक मर्मत योजना (ः(ब्चmउ)स्विकृत गर्ने निर्णय गरियो ।
निर्णय नं. १३
नगरपालिकाको वडा नं. ८ साविक कटारी गा. वि .स को स्वामित्वमा रहेको जग्गा बसपार्कको रुपमा प्रयोग गरि आएको र उक्त बसपार्कलाई अझ व्यवस्थित गरी संचालन गर्ने निर्णय गरियो ।
निर्णय नं. १४
यस नगरबाट संचालित योजना तथा कार्यक्रम एवं नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह समेतका विषयमा गरिएका सार्वजनिक सुनुवाई २०७१को प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरियो ।
निर्णय नं. १५
नगर क्षेत्रमा एक व्यवस्थित रंगशालाको अत्यावश्यकतालाई मनन गरी कटारी नगरपालिका वडा नं ४ को तल्लो तालमा आँप वगैचा सहितको अन्दाजी क्षेत्रफल १६ विघा भित्र वाट रंगशाला निर्माणको सम्भाव्यता अध्यन गरी रंगशाला निर्माण कार्यका लागि सहयोग गर्न नेपाल सरकार, दातृ निकाय एवं अन्य संघसंस्थासँग अनुरोध गर्ने निर्णय गरियो ।
निर्णय नं. १६
नगरमा श्रृजना हुने फोहोर मैला संकलन, वर्गीकरण एवं व्यवस्थापन गर्न देहायका स्थानमा ल्याण्डफिल (फोहोर मैला प्रशोधन केन्द्र) निर्माण गर्न नेपाल सरकार एवं सम्बन्धित दातृ संघसंस्थासँग आवश्यक सहयोगका लागि अनुरोध गर्ने निर्णय गरियो ।
क) गुम्वाडाँडा पश्चिमको ,सिद्ीचरण सडक देखी उत्तर तर्फको खोच कटारी   
    न.पा. ६
ख) तल्लो नारङ्गे चौरी कटारी न.पा.४
ग) मझेनीटार, क.न.पा. २
निर्णय नं. १७
स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को व्यवस्था अन्तर्गत रही भएको यस नगरपालिकाको वार्षिक जिन्सी निरिक्षण प्रतिवेदन २०७१ लाई स्वीकृत गर्ने निर्णय गरियो ।
निर्णय नं. १८
यस नगरपालिकामा आगामी आ.व.२०७२÷७३ देखी प्रोदभावी (ब्अअगचब िब्अअयगलत भ्लतचथ क्थकतझ) लेखा प्रणाली लागू गर्ने निर्णय गरियो ।
निर्णय नं. १९
स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा नियमावली २०५६ को दफा २७३ क बमोजिम सार्वजनिक नीजि, साझेदारी प्रवद्र्धन समितिलाई क्रियाशील तुल्याउने निर्णय गरियो ।
निर्णय नं. २०
नगरपालिका वोर्ड सदस्यको आचार संहिता २०७१ अनुमोदन गर्ने निर्णय गरियो ।
निर्णय नं. २१
नगरपालिकाको समग्र क्षेत्रको विस्तृत अध्ययन सहित प्रकोपको सम्भावनाका बारेमा तयार भएको आवधिक विपद जोखिम व्यवस्थापन योजना २०७१ लाई अनुमोदन गर्ने निर्णय गरियो।
निर्णय नं. २२
नगरपालिकामा सेवा ग्रहणका लागि आउने सेवाग्राहीको सहजता एवं शुशासन व्यवस्थापनका लागि तयार गरिएको नागरिक वडापत्रलाई अनुमोदन गरी क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागू गर्ने व्यवस्था मिलाउने निर्णय गरियो ।
निर्णय नं. २३
नगरमा गरिने विभिन्न समुदायको अन्तिम संस्कार कार्यलाई थप व्यवस्थित बनाई नगरवासीहरुको परम्परागत चालचलन एवं संस्कृतीलाई अक्षुणता दिने समेत उद्देश्यका साथ निम्न स्थानहरुलाई  दाह संस्कार स्थल ( मशान घाट) का रुपमा तोक्ने र थप व्यवस्थित गदै जाने निर्णय गरियो । 
ज्ञ०    कटारी न.पा.वडा नं.५ को त्रिवेणी खोक्सा
द्द०    कटारी न.पा.वडा नं.७ को तावा खोला किनार
घ०    बेलसोत खोला दोभान कटारी क.पा. २
द्ध०    गुम्बा र सशस्त्र बेश क्याम्पको उत्तर तर्फको डाँडा
निर्णय नं. २४
यस नगरपालिकामा एउटा नमुना आवास टोल निर्माण गर्नेका लागि आवास निर्माण गुरुयोजना तयार गरी स्विकृत गर्ने अधिकार नगरपालिका वोर्डलाई  दिने निर्णय गरियो ।
निर्णय नं. २५
कटारी नगरपालिका भित्र रहेका सार्वजनिक सामुदायिक भवनहरु, कृषि भवनहरु, अन्य भवनहरु तथा पोखरी,वगैचा लगायत अन्य अनुसुचिमा उल्लेख भएका सार्वजनिक जग्गा र सार्वजनिक संरचनाहरुलाई नगरपालिकाले दर्ता अभिलेख तयार गरि संरक्षण गर्ने निर्णय गरियो ।
निर्णय नं. २६
यस नगरपालिकाले तयार गरेको तपशिल बमोजिमका नीति, निर्देशिका कार्यविधि एवं विनियमावलीहरु परित गर्ने निर्णय  गरियो ।
क) कर्मचारी कल्याण कोष  बिनियमावलि २०७१
ख)सडक मापदण्ड निति २०७१
ग) भवन निर्माण तथा नक्शा पास सम्बन्धि कार्यविधि २०७१
घ) मासुपसल मापदण्ड निति २०७१
निर्णय नं. २७
यस नगरपालिकामा भौगोलिक सुचना प्रणली (न्क्ष्क्) लागु गर्ने निर्णय गरियो ।
निर्णय नं. २८
नगरपालिकाको आन्तरिक श्रोत बृद्धिका लागि आम्दानिका श्रोतहरु प्रिचालन गर्न राजश्व परामर्श समितिले सिफारिस गरे भन्दा वाहेका विषयमा कर, दस्तुर, सेवा शुल्कको दररेट, शिर्षक थप गर्नु परेमा सोको निर्धारण गर्ने अधिकार नगरपालिका बोर्डलाई दिने निर्णय गरियो।
निर्णय नं. २९
यस नगरपालिकामा भवन निर्माण आचार संहिता २०७१ कार्यन्वयन गर्ने निर्णय गरियो ।
निर्णय नं. ३०
यस नगरपालिकाको क्षेत्रको बाटाहरुको सडक ईनभेन्ट्री गरि आएका नगरका सवै सार्वजनिक सडकहरुको मापदण्ड वडाभेलावाट तय गरि अनुमोदन समेत भई आएका हुँदा देहायनुसार सडकहरुको मापडण्ड अनुसुचीमा उल्लेख भएअनुरुप कायम गर्ने निर्णय गरियो ।
निर्णय नं. ३१
यस न.पा.का देहायका स्थानमा सार्वजनिक शौचालय निर्माण गर्नका निमित्त नगरपालिकाको अधिकतम श्रोत परिचालन गर्ने र अन्य थप श्रोतका निमित्त सम्वन्धित निकायमा अनुरोध गर्ने निर्णय गरियो ।
क) खेल मैदान कटारी ७
ख) गोलपार्क कटारी ८
ग) वस पार्क कटारी
घ) हस्पिटल चौक
ङ) वेलसोत वजार
च) खोक्सा चौक 
छ.)पेट्रोल पम्प छेउ

निर्णय नं. ३२
.     यस कटारी नगरपालिका वडा ७ को मुसहर वस्तिवाट दक्षिण तर्फको खुल्ला सार्वजनिक जग्गामा पशुवाधशाला व्यवस्थित गर्न र  सोही स्थानको नजिकमा कान्जी हाउसको लागी समेत जग्गा व्यवस्था गर्ने निर्णय गरियो ।
निर्णय नं. ३३
.       कटारी नगरपालिकाको देहायका स्थानमा देहायका भौतिक संरचनाहरु निर्माण गर्ने 
        कार्यको लागि सम्भाव्यता अध्ययन गरि प्रकृया अगाडि वढाउने निणर्य गरियो ।
ड्ड    कटारी नगरपालिका वडा नं. ७ मा रहेको रेडक्रस उप शाखा कार्यालय पुर्वको न.पा. कै संरक्षणमा रहेको जग्गामा आधुनिक सुविधा सम्पन्न कटारी न.पा. टाउन हलका लागि तय गरियो ।
ड्ड    कटारी नगरपालिका ६ मा रहेको महादेव गुफा डाँडामा भ्यु टावर निर्माण गर्न सम्भाव्यता अध्यन गरी निर्माण थलानी प्रकृया अगाडी वढाउने निर्णय गरियो ।
ड्ड    पिक्नीक स्पोर्ट ः कटारी नगरपालिकाको देहायका स्थानमा पिक्नीक स्पोर्ट को सम्भावना देखिएको हुदा उक्त स्थानको जग्गा संरक्षण गरि क्रमिक रुपले आश्यक संरचना निर्माण गर्ने निर्णय गरियो ।
य    गराँस तल्लो ताल झोलुङ्गे पुल आसपास
य    त्रिविणी धाम
य    गिदवर झुलुङ्गे पुल आसपास
य    ताराघारी महादेव गुफा आसपास
य    गैडे आहाल आसपास
य    तिनतले झुलुङ्गे पुल आसपास
य    कटारी मझुवा नर्सरी आसपास
य    बेलसोत — धनसरी केबुलकार आसपास
निर्णय नं. ३४
शहरी विकास ःकटारी नगरपालिकाको दिर्घकालिन विकासको लागी शहरी विकास योजना तयार गर्नु पर्ने भएकोले सोका लागि शहरी विकास भवन निर्माण विभागमा अनुरोध गर्ने निर्णय गरियो ।
निर्णय नं.३५ 
भु–उपगोग योजना ः कटारी नगरपालिकाको भु–उपगोग योजनका लागी सम्भाव्यता अध्यन गरी प्रकृया अगाडी वढाउने निर्णय गरियो ।
निर्णय नं. ३६
भित्री मधेशको यस क्षेत्र मा चुनढुङ्गा प्रचुर मात्रमा रहेको र अन्य उद्योग संचालनका लागि समेत उपयूक्त भएको हुदा कटारी नगरपालिका वडा नं १० मा औद्योगिक क्षेत्र स्थापना को लागी सम्वन्धित निकायमा अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. ३७
    विद्युतः कटारी नगरपालिकाका देहाय स्थानमा विद्युतिकरण हुन वाँकी रहेको हुदाँ उक्त स्थानमा विद्युतिकरण गरिदिन विद्युत कार्यलयलाई अनुरोध गर्ने निर्णय गरियो ।
क) खसिवास एक्लेसल्ला कटारी वडा नं ३ 
ख) तिम्नाई सिस्नेरी वडा नं १ 
ग) पोखरीया कटारी २ 
निर्णय नं.३८
नेपाल सरकारबाट च.नंं. ११४३ मिति २०७१÷६÷११ मा उपलब्ध गराइएको दरवन्दी संरचनामा अ.मि.नि.को दरबन्दी नभएको र यस क्षेत्रको निमित्त उक्त दरबन्दी आवश्यक रहेकोले सो कायम गरिदिनु हुन संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।
निर्णय नं.३९ 
कटारी नगरपालिका क्षेत्र भित्र प्रचलित तथा निर्माण भएका सडकहरुको लगत कट गरी सार्वजनिक गर्ने कार्या सम्वन्धित निकाय  सँग समन्वय गरी अगाडी वढाउने निर्णय गरियो ।
निर्णय नं.४०
देहायका सम्भाव्य जलाधार क्षेत्रहरुलाई संरक्षणका निम्ति सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरियो ।
ड्ड    बेलसोत खोला
ड्ड    नारायणी खोला वडा नं. ४, गँरास
निर्णय नं. ४१
        यस न.पा.क्षेत्रभित्रको विभिन्न स्थानहरुको सम्भाव्यता अध्ययन गरी बाल उद्यान पार्क             यसै आ.व. बाट निर्माण आरम्भ गर्ने निर्णय गरियो । 
निर्णय नं. ४२
यस नगरपालिकाका लागि आवश्यक कर्मचारी पदपूर्ति गर्ने प्रयोजनका लागि पदपूर्ति समितिको अध्यक्ष तोक्ने जिम्मेवारी बोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।
निर्णय नं. ४३
कटारी वडा नंं. ५ मा रहेको त्रिवेणी मेला (मैनी बजार)को जमीन एकीन गरी धार्मिक पर्यटन पूर्वाधारका रुपमा विकसित गर्ने निर्णय गरियो ।
निर्णय नं. ४४
नगरपालिकाको दोश्रो नगरपरिषद सम्पन्न गर्न सम्पूर्ण राजनितिक दलका प्रतिनिधि,योजना तर्जुकमा समितिका सदस्यहरु,वडा नगरिक मञ्च,महिला,यूवा,आदिवासि जनजाति,दलीत,पिछडा वर्ग,मधेशी, मुस्लीम,वाल संजाल,जेष्ठ नागरिक नागरिक समाज, उद्यमी व्यवसायी ,संघसस्था,विषयगत कार्यालय,सम्पूण नगरवासी,संचारकर्मी एवं परिषदका लागी खट्ने सम्पुर्ण कर्मचारीहरुमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो ।